मिरिक: चाैथाे शशीप्रभा स्मृति पुरस्कारको प्राथमिक फलाफल पुरस्कार कार्यक्रमका आयाेजक साहित्य सुनाैं परिवार, मिरिक तथा रिपाेटर्स क्लब अफ् मिरिक समक्ष आइपुगेकाे घाेषणा शशीप्रभा स्मृति पुरस्कार आयाेजक समितिका प्रवक्ता अजम प्रधानले जानकारी दिएका छन्। प्रवक्ता प्रधानले उक्त विषयमा जानकारी दिदै भने, चाैथाे शशीप्रभा स्मृति पुरस्कारकाे निम्ति हामीलाई पैसठीजना कवि, कथाकार, उपन्यासकार, नियात्राकार तथा साहित्यकारहरूले आफ्नाे बहुमुल्य कृतिहरू पठाएर सहयाेग गरिदिएकाेमा हामी पुरस्कार आयाेजक समितिकाे पक्षबाट हजुरहरूप्रति हार्दिक आभार व्यक्त गर्दछाैँ। पुरस्कार फलाफलकाे प्राथमिक चरणमा हामीलाई पैसठी कृतिहरूमध्ये जुरीहरूले दशवटा उत्कृष्ट कृतिहरू छनाैट गरी हामी समक्ष फलाफल बुझाएका छन्। उक्त उत्कृष्ट दस कृतिहरू यस प्रकार छन्। मार्साङ (उपन्यास) निरङ्कर थापा, घुनहरूकाे घर (उपन्यास) शंकर प्रधान,टिस्टा रंगीत (उपन्यास) कुबेरचन्द्र दाहाल, ईश्वर खुम्चिन्दै गयाे-(कथा संग्रह) महेश दाहाल, जेटा साेफियाग्रे (कथा संग्रह) विशाल विश्वकर्म, चक्रव्युहमा गाेर्खा- (ऐतिहासिक लेख) भाेटु सिगं छेत्री, जुनकाे पर्खाईमा(कविता संग्रह) नीलिमा आचार्य, जुनकाे आँशु (कविता संग्रह) सुभाष ठकुरी, काँचकाे पाेखरी (कविता संग्रह) टीका भाइ अनि मेरा अनुभूति केही (आत्मा कथा) बद्री खरेल आदि रहेका छन्।
उक्त दश कृतिहरू अब अन्तिम छनाैटकाे निम्ति हामीले जुरीहरू समक्ष पठाइसकेका छाैँ। उपराेक्त दश कृतिहरूमा नाम नपर्ने कृतिका लेखकहरूलाई सविनय निवेदन गर्दछाँ कि हजुरहरूकाे कृति हामीले मिरिक नगर पुस्तकालय, प्रेमचन्द्र ग्रामीण पुस्तकालय अनि मिरिक महाविद्यालयकाे पुस्तकालयमा उपहार स्वरूप दिने साेच बनाएका छाै, हजुरहरूकाे सहमति भए याे शुभकार्य हामी चाँडाे भन्दा चाँडाे गरि कृति हस्तान्तरित पत्र मिडिया मार्फत जानकारी गराउने साेचेका छाै। यसका साथै चाैथाे शशीप्रभा स्मृति पुरस्कारकाे निम्ति अन्तिम दस उत्कृष्ट कृतिहरूका कवि तथा साहित्याकारहरूलाई साहित्य सुनाैं परिवार,मिरिक अनि रिपाेटर्स क्लब अफ् मिरिककाे तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछाै भनी प्रतिनिधिहरुले जनाएका छन्।