लोवर सुधपा टोलमा स्ट्रिट लाइट नबलेर स्थानीय असुविधामा

IMG-20251014-WA0133

खरसाङ: खरसाङको वार्ड नम्बर ९ लोवर सुधपा‌ क्षेत्रमा स्ट्रिट लाइट नबलेको कारणले स्थानीयहरु धेरै समस्यामा परेको जानकारी प्राप्त भएको छ। लोवर सुधपा टोल क्षेत्रमा बाटोमा रहेको स्ट्रिट लाइट विगत २ महिनादेखि नबलेको कारणले सुनसान र अँध्यारो भएको कारणले गर्दा मानिसहरु बाहिर रोडमा हिँड्नु धेरै असुविधा भईरहेको बताइएको छ। विगत २ महिनादेखि स्ट्रिट लाइट नबलेको कारणले यस क्षेत्रको १० घरहरु जस्तोलाई‌ धेरै असुविधा भईरहेको बताइएको छ।‌ यस विषयमा स्थानीयहरुले सम्बन्धित विभागमा जानकारी गराएपछि आएर मरमत्ति गरिएको र अहिले फेरि विगत दुई महिनादेखि स्ट्रिट लाइट नबलेको कारणले धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय टिका विश्वकर्म र मनिष छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement