मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा मृतकका परिवारलाई नोकरीको लागि नियुक्ति‌ पत्र प्रदान

IMG-20251014-WA0129

पैह्रोले क्षतिग्रस्त घर नयाँ बनाउन प्रत्येकलाई १ लाख २० हजार रुपियाँ गरेर प्रदान गरिने घोषणा

दार्जिलिङ: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज मिरिक हुँदै सुके पोखरी पुगेर प्रशासनिक बैठक गर्नुको साथै पैह्रोको चपेटमा परेर मृत्यु भएका परिवारका ११ जनालाई होम गार्डमा नोकरीको लागि नियुक्ति‌ पत्र प्रदान गरिन्। यसावधि उनले पैह्रोको चपेटमा परेर मृत्यु हुनेका ४ जनाको परिवारलाई पाँच लाख गरेर चेक पनि वितरण गरिन्। यसको साथै पैह्रोले क्षति गरेको घरहरुलाई नयाँ घर बनाउनको लागि प्रत्येकलाई १ लाख बीस हजार गरेर प्रदान गरिने घोषणा गरेकी छन्। आज बिहान राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङबाट मिरिक हुँदै सुखे पोखरी पुगेकी थिइन्। उनले मिरिकमा पैह्रो पिढीत परिवारहरुलाई भेट पनि गरिन्।‌ यसावधि उनले गत ४ अक्टोबर राती पैह्रोको‌ चपेटमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको परिवारसित भेट गर्न घरमै पुगेकी थिइन्। उनले घरमा नै पुगेर मृतकहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो प्रभाव शोक समवेदना प्रकट गरेका छन्। त्यसपछि उनी सुखे पोखरी खण्ड विकास कार्यालयमा पुगेर प्रशासनिक बैठक गर्नुको साथै पैह्रोले ज्यान गुमाएका परिवारका एकजनालाई नोकरीको लागि नियुक्ति‌ पत्र प्रदान गरिन् भने ४ जनालाई ५ लाख गरेर चेक वितरण पनि गरिन्। आफ्नो सम्बोधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले आफुले वाढ र पैह्रो पिढीतहरुसित बातचीत गरिरहेको र जनताको समस्या नजिकबाट बुझेको बताउँदै पैह्रो र बाढले गर्दा आफ्नो सबै कागज पत्रहरु गुमाएकाहरुको लागि हरेक क्षेत्रमा नै सहायता क्याम्प चलिरहेको र कागज पत्रहरु सजिले बनिने बताइन्। उनले कसैलाई केही असुविधा भएमा महकुमा शासक, खण्ड विकास अधिकारी, जिल्ला शासक र जीटीएलाई भन्दा भईहाल्ने पनि जानकारी गराइन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज सुके पोखरीबाट दार्जिलिङ गइन्।‌

भाोलि बुधबार दार्जिलिङ, खरसाङ, मिरिक, कालेबुङलाई लिएर दार्जिलिङमा नै प्रशासनिक बैठक आयोजना गरिने जानकारी प्राप्त भएको छ।‌ मुख्यमन्त्रीको भ्रमणावधि जीटीए प्रमुख अनित थापा, दार्जिलिङका‌ जिल्ला‌ शासक आईएएस डा. प्रीति गोयल, जिल्ला‌ पुलिस अधीक्षक, सिलगढीका मेयर गौतम देव लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement