गान्तोक: पाकिम जिल्ला अन्तर्गत पारखा खण्ड प्रशासनिक केन्द्रको पहलमा आज हाउस अपग्रेडेसनको निम्ति चेक वितरण गरियो। यस अवसरमा पारखा खण्डका कूल १९८ परिवारलाई वर्ष २०२२ को निम्ति चेक वितरण गरियो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा नाथाङ माछोङ निर्वाचन क्षेत्रका एसकेएम प्रभारी छिरिङ भोटिया रहेका थिए भने यसरी नै प्रिन्टिङ एण्ड स्टेसनरीजका सल्लाहकार दुबो छिरिङ भोटिया, अतिरिक्त जिल्लापाल आरबी भण्डारी लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। आज वितरण गरिएको धनराशीले लाभार्थीहरूले आफ्नो घर मरम्त गर्ने काममा प्रयोग गर्नेछन्। वर्ष २०२२मा पहिलो पल्ट हाउस अपग्रेडेसनको निम्ति धनराशि वितरण गरिएको हो भने यसप्रकारको वितरण कार्यक्रम आगामी दिनमा राज्यभरि निरन्तर चल्ने भएको छ।










