नरबहादुर भण्डारी कलेजमा नेपाली लोक गीत अनि नृत्यमाथि कार्यशाला

IMG-20251013-WA0167

गान्तोक: नरबहादुर भण्डारी सरकारी महाविद्यालयको नेपाली विभागद्वारा आयोजन गरिएको “पाँच दिने नेपाली लोक नृत्य र गीत कार्यशाला” को उद्घाटन आज भयो। आजदेखि शुरू भएको कार्यशाला आगामी 17 अक्टोबरसम्म निरन्तररूपमा सञ्चालन हुनेछ। जसको उद्देश्य नेपाली लोककला, गीत र नृत्यका समृद्ध परम्परागत स्वरूपहरूको मुख्य अतिथि एसआर सुब्बाले आफ्नो सम्बोधनमा अनुशासन, आत्म–अभिव्यक्ति र आत्मगौरवको भावना विकास गर्न आग्रह गर्दै अस्तित्वको बोध र सम्बन्धको भावना बिना कुनै उपलब्धि सम्भव नरहेको बताए। उनले विद्यार्थीहरूलाई सिक्किम अकादेमी भ्रमण गर्न पनि आग्रह पनि गरे। सिक्किम अकादेमी नवसर्जनशील मनहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थान रहेको जानकारी गराए। संरक्षण, संवर्द्धन गर्दै नयाँ युवाहरुमा त्यसप्रतिको चासो गराउनु हो। उद्घाटन समारोहका मुख्य अतिथिकोरूपमा रहेका सुब्बाले कार्ययोजनाको खुलेर सराहना गरे। विशिष्ट अतिथिहरूमा प्राचार्य डा. डी पुरोहित, पद्मश्री पुरस्कारद्वारा सम्मानित नरेन गुरुङ तथा महाविद्यालयका उपप्राचार्य डा. जीवन उपाध्याय लगायत अन्य अधिकारीहरूको सहभागिता थियो। आफ्नो स्वागत सम्बोधनमा डा. उदय छेत्रीले कार्यशाला आयोजनको मुख्य उद्देश्य र आवश्यकताथि प्रकाश पारे। उनले युवा पिँढीलाई लोककलासँग प्रत्यक्ष संलग्न गराउनु आजको समयको आवश्यकता रहेको बताए। सोही प्रकारले डा. टीबी छेत्रीले “लोक गीत र नृत्य प्रत्येक व्यक्तिको श्वास र मुटुको धड्कन हो” भनी उल्लेख गरे।
उनले नेपाली लोककला भारतीय ज्ञान प्रणालीको मूल अङ्ग भएको र हिमाली सजातीय जनगणको सांस्कृतिक चिन्हारीको प्रतीक रहेको बताए। डा. छेत्रीले आधुनिक प्रविधिले सांस्कृतिक सम्पदाको संरक्षण, अन्वेषण र विकासका नयाँ अवसरहरू सिर्जना गरेको बताउँदै युवाहरूलाई यस दिशामा सक्रिय “सांस्कृतिक राजदूत” बन्न आग्रह गरे। यसरी नै मुख्य प्रशिक्षक पद्मश्री नरेन गुरुङले कार्यशालाका सबै सहभागीहरूलाई सक्रिय, अनुशासित र उत्साही रहने आग्रह गरे। जसद्वारा कार्यशालाको लक्ष्य र उद्देश्य पूरा गर्न सकिने बताए। सोही प्रकारले प्राचार्य डा. डी पुरोहितले आधुनिकता र कृत्रिम बुद्धिमत्ताको युगमा लोकसाहित्य र लोककलालाई अझ सान्दर्भिक भएको बताउँदै आफ्नै मातृभाषा, संस्कृति र परम्पराप्रतिको गर्व नै वास्तविक परिचय भएको उल्लेख गरे। यस कार्यशालामा तादोङ सरकारी महाविद्यालयका नेपाली सम्मान लिएर अध्ययनरत विद्यार्थी, कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम विश्वविद्यालयका परास्नातक अनि शोधार्थीका साथै शिक्षक सहभागी गरेर कूल १६० जना सहभागीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement