गान्तोक: “क्राफ्टेड फाइबर्स” का संस्थापक एवं प्रगतिशील उद्यामी डा. छेवाङ नोर्बू भोटियाले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा डा. भोटियाले राज्यपाललाई ‘क्राफ्टेड फाइबर्स’ द्वारा गरिएको विभिन्न प्रकारका विकासत्मक कार्यबारे जानकारी गराए। उनले थप जानकारी गराएअनुसार संस्थाले हालैमा आफ्नो कार्यक्षेत्रको विस्तार गरेको छ, जसको कारण कर्मचारीहरूको संख्यामा अधिक वृद्धि भएको भएको छ। विशेष गरेर स्थानीय युवा र महिलाहरूलाई संलग्न गराएर आत्मनिर्भर बनाउने दिशामा पहल गरिरहेको अवगत गराए। सोही प्रकारले डा. भोटियाले हालै आफ्नो अमेरिका भ्रमणको क्रममा संस्थाद्वारा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रीयस्तरको मञ्चमा प्रदर्शन गर्ने अवसर प्राप्त भएको जानकारी गराए। प्रदर्शनको क्रममा संस्थाद्वारा राखिएका सामग्रीले राज्यको सांस्कृतिक विरासतलाई विश्वमा चिन्हाएको अवगत गराए। राज्यपाल माथुरले भोटियाको नेतृत्वमा गरिएको विभिनन प्रकारको गतिविधिको प्रशंसा गर्दै यस कार्यले राज्यको सामाजिक अनि आर्थिक विकासको निम्ति प्रेरणाको स्रोत बनेको उल्लेक गरे। राज्यपालले संस्थाको भविष्यको योजनाबारे जानकारी लिँदै राजभवनको तर्फबाट सबै प्रकारको सहय़ोग प्रदान गर्ने आश्वासन दिए। उल्लेखनीय छ, देशका प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रमअन्तर्गत प्रगतिशील उदयामी डा. छेवाङ नोर्बू भोटियाको उल्लेख गरेका थिए।