महिलाहरुको आर्थिक सशक्तिकरणमाथि राज्यपालले देखाए चासो

IMG-20251013-WA0164

गान्तोक: सहकारी विभागकी सचिव ग्लोरिया नाम्चुलगायत वरिष्ठ अधिकारीहरूको टोलीले आज राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा टोलीले आगामी १५ अक्टोबरको दिन पालन गरिने अन्तर्राष्ट्रीय सहकारी वर्ष समारोहको उपलक्ष्यमा मुख्य अतिथिकोरूपमा औपचारिक आमन्त्रण गरे। यस अवसरमा राज्यपालले अन्तर्राष्ट्रीय सहकारी वर्षअन्तर्गत विभागद्वारा आयोजन गरिएको विभिन्न प्रकारका गतिविधिबारे जानकारी लिए। विशेष गरेर राज्यपालले दुग्ध उत्पादनसँग सम्वन्धित गतिविधि साथै यसमा ग्वालाहरूको संलग्नताबारे जानकारी लिए। राज्यपालले बाँसद्वारा निर्मित वस्तुकलालाई सहकारी आन्दोलनको माध्यमद्वारा बढावा दिनु पर्ने र महिला सशक्तिकरणमाथि विशेष जोड दिए। सोही प्रकारले विभागकी सचिव नाम्चुले सहकारी आन्दोलनको माध्यमद्वारा हासिल गरेको विभिन्न प्रकारको उपलब्धिबारे जानकारी गराइन्। उनले सहकारी आन्दोलनको माध्यमद्वारा मानिसहरूको आर्थिक विकासलाई बढावा दिने विषयमा सहकारी आन्दोलनको अहंम भूमिका रहेको बताइन्। उनले थप जानकारी गराएअनुसार सहकारी विभागले ग्रामीण क्षेत्रका महिलाहरू साथै युवाहरूलाई सशक्तिकरण गराउन विभिन्न प्रकारको गतिविधि आयोजना गरिएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement