वन मन्त्री कर्मा लोडे भोटियाले गुजरातको दुई दिवसीय सम्मेलनमा

IMG-20220924-WA0172.jpg

गान्तोक: गुजरातको एकता नगरमा जलवायु परिवर्तनमाथि आयोजित दुई दिवसीय सम्मेलनमा राज्यका वन विभाग मन्त्री कर्मा लोडेले सहभागिता जनाए। मन्त्री भोटियासँग विभागका वरिष्ठ अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको अध्यक्षता केन्द्रीय मन्त्री भुपेन्द्र यादवले गरेका थिए। यस अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सको माध्यमद्वारा सम्बोधन गरेका थिए। यस कार्यक्रमको मुख्य एजेन्डा जलवायु परिवर्तनको मुद्दामा विचारविमर्श गरिनु रहेको थियो,यसका साथै काठ र यसका उत्पादनहरू सहजसँगले अन्तरराज्यमा लैजानको निम्ति केही नियमहरूलाई सहज बनाउन रहेको थियो। कृषि वन वा व्यावसायिक वनको प्रवद्र्धन गर्ने र रूख काट्ने नियमहरू परिमार्जन गर्ने, काठ र बजारमा आधारित उद्योगहरूको अवरोधहरू हटाउने, रोकथाम र प्रदूषण नियन्त्रण, मानव वन्यजन्तु लगायत अन्य विषयमा छलफल गरिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement