मुख्यमन्त्रीले गरे कनेक्ट टु सीएम मञ्चको लोकार्पण

IMG-20251013-WA0163

गान्तोक: अब राज्यका आम सर्वसाधरणले पनि सहजै मुख्यमन्त्री कार्यालयमा सोझो सम्पर्क गर्न सक्नेछन्। यसको निम्ति सिक्किम सरकार अनि मुख्यमन्त्री कार्यालयले एक विशेष व्यवस्था गरेको छ। कनेक्ट टु सीएम नाम दिइएको यस विशेष मञ्चको आज स्वंय मुख्यमन्त्रीले विधिवत लोकार्पण गरे। राजधानीको सम्मान भवनमा यो कार्यक्रम आयोजना गरिएको थियो।
जनसेवाको कार्यलाई समयमा अनि प्रभावकारी ढङ्गमा पूरा गर्ने उद्देश्यले यो व्यवस्था शुरु गरिएको मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा जानकारी गराएका छन्। यसको निम्ति दुईवटा सम्पर्क नम्बर सार्वजनिक गरिएको। सर्वसाधरणले उक्त नम्बर डायल गरेर आफ्नो समस्या अनि गुनासोहरू मुख्यमन्त्री कार्यालयलाई बताउन सक्नेछन्। भोलिदेखि लागु हुने यो योजना विदा र उत्सवहरूको दिनलगायत हप्तामा सातै दिन बिहान १०-३० बजीदेखि अपराह्न ४ बजीसम्म खुल्ला रहने बताइएको छ।
यसको साथै आज नै मुख्यमन्त्री तामाङले मुख्यमन्त्री योजनाहरू एकीकृत व्यवस्थापन प्रणालीको पनि विधिवत लोकार्पण गरे। मुख्यमन्त्री कार्यालयबाट हुने जनकार्यहरूको असल कार्यान्वयन र अनुगमन यस योजनाको उद्देश्य रहेको छ। यी योजनाहरूलाई मुख्यमन्त्रीले समाजको अन्तिम व्यक्तिसम्म पुग्ने सरकारको प्रतिवद्धताको मूर्त रूप बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement