मङपू गोल्ड कपको सेमिफाइनलमा पुग्यो गान्तोक हिमालयन एफसी

IMG-20251013-WA0181

मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा गान्तोक हिमालयन फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा सोमवार खेलिएको रोमाञ्चक म्याचमा गान्तोक हिमालयन फूटबल क्लबले युनाइटेड खरसाङ फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल क्षितिज सुब्बाले गरे। क्षितिज सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १८ र १९ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल २६ अक्टोबरमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। मंगलवार खेलिने म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement