प्राकृतिक आपदालाई लिएर जीटीएको आपतकालीन बैठक सम्पन्न

IMG-20251013-WA0136

आपदा व्यवस्थापन समिति गठन

दार्जिलिङ: दार्जिलिङको गोर्खा रंगमञ्च परिसरस्थित जीटीए सभा गृहमा आज सभाध्यक्ष अन्जुल चौहानको सभापतित्वमा आपातकालीन बैठक सम्पन्न भएको छ। बैठकमा दार्जिलिङ पहाडमा हालसालै आएको आपदाका परिप्रेक्ष्यमा तत्कालीन राहत तथा पुनर्स्थापना कार्यहरू प्रभावकारी बनाउने उद्देश्यले आपदा व्यवस्थापन समिति गठन गरिएको छ। समितिको अध्यक्षमा सभासद कमल सुब्बा रहने भएको छ। सदस्यहरूमा अजय एडवर्ड्स, विनय तामाङ तथा अन्य सभासदहरू समावेश भएका छन्। मूल्याङ्कन समितिले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदन अनुसार उक्त आपदाबाट भएको क्षतिको अनुमानित रकम लगभग रुपियाँ ९५० करोड रहेको छ। बैठकमा राज्य तथा केन्द्र सरकारले यस घटनालाई राज्य स्तरीय र राष्ट्रिय आपदा घोषणा गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ। यदि कुनै क्षतिको विवरण छुटेको छ भने सम्बन्धित पक्षले आगामी २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउनु पर्नेछ। नवगठित आपदा व्यवस्थापन समितिले राज्य तथा केन्द्र सरकारसँग निरन्तर संयोजन गरी राहत, पुनर्निर्माण तथा पुनर्वासको कार्य अघि बढाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement