राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी‌ आज पुन: पहाडमा

IMG-20251013-WA0134

सोमबार खरसाङ आईपुगिन्

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी‌ आज पुन: पहाड आएकी छन्। गत ४ अक्टोबरको राती आएको प्राकृतिक प्रकोपको निरीक्षण गर्न र आपदामा परेर मृत्यु भएका मृतकका परिवारलाई राहत राशि प्रदान गर्न गत ७ अक्टोबरको‌ दिन खरसाङ खण्डको दूधे आएकी थिइन् भने सोमबार फेरि उनी पहाड आएकी छन्। सोमबार मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वारको कार्यक्रम सकेर सिलगढी आएपछि सोझै सुकना हुँदै राष्ट्रिय राजमार्ग ११० अन्तर्गत तीनधारे, महानदी भएर खरसाङको गिध्द पहाडस्थित सर्किट हाउसमा आएकी छन्। उनी साँझ ६ बजीको समयमा खरसाङको‌ गिध्द पहाडस्थित सर्किट हाउसमा आईपुगेकी थिइन्।‌ उनी मंगलवार मिरिक जान सक्ने कार्यक्रम छ।‌ उनले मिरिकमा प्रशासनिक बैठक पनि गर्ने सम्भावना रहेको छ।मिरिकबाट दार्जिलिङ गएपछि सिलगढी भएर कोलकोता फर्किनु हुने कार्यक्रम रहेको बताइएको छ। सोमबार मुख्यमन्त्री ममता ब्यानर्जी साँझमा खरसाङको‌ गिध्द पहाड आईपुग्दा हुँदा हिल तृणमूल कांग्रेसको पदाधिकारीहरु र कार्यकर्ताहरुले स्वागत जनाएका थिए।‌ यस क्रममा हिल तृणमूल कांग्रेस अध्यक्षा एंव पूर्व सांसद शान्ता छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्न उपस्थित रहेकी‌ हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीले‌ पत्रकारहरुलाई सम्बोधन गर्दै राज्यकी‌ मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार खरसाङ आईपुगेकी र मंगलवार मिरिक जाने बताएकी छन्। उनले योभन्दा पहिला पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी गत ७ अक्टोबरको‌ दिन खरसाङको दुधेमा आएर आपदामा ज्यान गुमाएका मृतकका परिवारलाई ५ लाख रुपियाँ गरेर चेक वितरण गरेकी बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement