खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा संगठनका कार्यवाहक सचिव रञ्जन तामाङकाे अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा खरसाङका प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ।सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीका कार्यकारी सदस्य सन्तोष परिले सञ्चालन गरेका थिए भने भागाेप्रमो टाउन कमिटीका मूलसचिव बिरबल पाख्रिन, सदस्य शनि तामाङकाे विशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै बिरबल पाख्रिनले भने, आज हजुरहरु संगठनमा आउनु भएको छ। तपाईहरुकाे समस्या हामीले सुनेका छौं र पार्टीकाे पक्षबाट हामी सकेसम्म तपाईहरुलाई सहयाेग पुराउनेछाैँ। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाकाे कर्मलाई विश्वास गरेर आउनु भएको छ, तपाईहरुकाे हरेक समस्याकाे सामाधान हुने दिशातर्फ लागि पर्नु भएको छ।’
सभामा काेकरेन हाेटलका कर्मचारीहरुले भाेगिरहेका विभिन्न समस्याहरुको अवगत गराए हामीले पार्टी साथै प्रजातान्त्रिक असंगठित श्रमिक संगठनमाथि ठूलाे आशा साचेका छाैँ कि हामी हाेटल कर्मचारीहरुकाे समस्यालाई पूर्ण रुपले सहयाेग पुराई सामाधानतर्फ कदम बडाईदिने अनुराेध गररिरहेका छाैं।
पहाडमा विभिन्न राजनैतिक पार्टी भएता पनि हामीले अध्यक्ष अनित थापालाई विश्वास गरेका छाैँ हामीले भाेगि रहेका समस्या आगामी दिनमा अरुले भाेगनु नपरोस् भनी हामी युनियन मा सदस्य हुन् आएका हाैँ।
यसरी नै सभालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष एल्जिन ब्राह्मणले भने, हजुरहरु सम्पूर्ण सदस्यहरुलाई हामी संगठनमा स्वागत गर्दैछाैँ। संगठन सम्झेर आउनु भएको छ हामी हजुरहरुको हरेक समस्यामा साथ रहने छाैँ। पार्टी पक्षबाट पनि हजुरहरुलाई सहयाेग गर्ने विश्वास दिनुभएको छ। हजुरहरुकाे मुद्दाकाे लागि हामी माथिल्लो तहसम्म पुग्नु तत्पर छाैँ।
उनले अघि भने, दार्जीलिङ पहाडकाे सबैभन्दा शक्तिशाली पार्टीभित्र तपाईहरु आउनु भएको छ। अब हजुरहरुकाे समस्या हामी सम्पूर्णको समस्या हुनेछ।
सभामा काेकरेन हाेटल कर्मचारीहरुका संयाेजककाे निम्ति सबिन गुरुङलाई चयन गरियाे भने सभामा काेकरेन हाेटलबाट २८ जना सदस्यहरुकाे उपस्थिति रहेको थियो। आगामी दिपावली पछि कमिटी पनि गठन गरिने जानकारी गराइएको छ।