नयाँ दिल्ली: भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा वर्ष २०२०-२०२१ को लागि ‘राष्ट्रिय सेवा योजना पुरस्कार’ प्रदान गरिन्। पुरस्कार वितरण समारोहमा केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुर र युवा मामिला तथा खेलकुद राज्यमन्त्री निसिथ प्रामानिक उपस्थित थिए। कार्यक्रममा युवा मामिला सचिव सञ्जय कुमार र खेलकुद सचिव श्रीमती सुजाता चतुर्वेदी तथा मन्त्रालयका वरिष्ठ अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

एनएसएस एक केन्द्रीय क्षेत्र योजना हो जुन स्वैच्छिक सामुदायिक सेवा मार्फत युवा विद्यार्थीहरूको व्यक्तित्व र चरित्र विकास गर्ने प्राथमिक उद्देश्यका साथ सन् १९६९ मा शुरु गरिएको थियो। एनएसएसको विचारधारा महात्मा गान्धीको आदर्शबाट प्रेरित छ। एकदमै उचित रूपमा एनएसएसको आधारभूत मन्त्र ‘तिमी आफैं अघि’ हो। छोटकरीमा एनएसएस स्वयंसेवकहरूले नियमित र विशेष शिविर सम्बन्धी गतिविधिहरू मार्फत सामाजिक प्रासंगिकताका मुद्दाहरूमा काम गर्छन्, जुन समुदायको आवश्यकताअनुसार निरन्तर परिवर्तन भइरहेको छ। त्यस्ता मुद्दाहरू समावेश छन् – (१) साक्षरता र शिक्षा, (२) स्वास्थ्य, परिवार कल्याण र पोषण, (३) वातावरण संरक्षण, (४) सामाजिक सेवा कार्यक्रमहरू, (५) महिला सशक्तीकरणका लागि कार्यक्रमहरू, (६) आर्थिक विकास गतिविधिहरूसित सम्बन्धित कार्यक्रमहरू, (७) विपद्को समयमा उद्धार र राहत, (८) सरसफाइ गतिविधिहरू, आदि। पुरस्कार विजेताहरुको सूची हेर्नका निम्ति यहाँ क्लिक गर्नुहोस्l -पीआईबी










