गेजिङ: गेजिङ जिल्लाअन्तर्गत देन्तामको पीएमश्री वरिष्ठ माध्यमिक विद्यालयको स्थापनाको शतवार्षिकी महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजन गरियो। यसअन्तर्गत आज तेस्रो दिन पनि विभिन्न प्रकारको कार्यक्रम सम्पन्न भयो। जसमा मुख्य अतिथिकोरूपमा उपस्थित सिक्किम राज्य ब्यांकका अध्यक्ष डीबी गुरूङले विद्यालयले धेरै वर्षदेखि शिक्षाको क्षेत्रमा स्थानीयहरूलाई सेवा दिँदै आएको साथै सामुदायिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। उनले शिक्षकवर्ग साथै विद्यार्थीहरूको संकल्पले विद्यालयले शिक्षाको विकाससंगै संस्कृतिको विकासमा सेवा गर्दै आएको उल्लेख गरे। यस अवसरमा विभिन्न प्रकारको प्रतियोगिताहरूको पनि आयोजना गरेको थियो।