विद्यार्थीहरु ‘एक पेड़ माँ के नाम पर’ अभियानमा उत्रिए

IMG-20251012-WA0176

पाकिम: पृथ्वीसँग मानिसहरूलाई जोडेर पर्यावरणको संरक्षण गर्ने संस्कार बसाउनको निम्ति पाकिम जिल्लाको शिक्षा विभागअन्तर्गत खण्ड शिक्षा कार्यालयको पहलमा एक पेड माँ के नामअन्तर्गत बिरूवारोपन कार्यक्रम आयोजन गऱ्यो। यस प्रकारको कार्यक्रम सिक्किम राज्यमा मात्र नभएर देशभरि नै सञ्चालित गरिएको छ। जो आमाको सम्मानमा अनि पर्यावरण संरक्षणलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको हो। पाकिम जिल्लाको ताकसाङ कैजले प्राथमिक पाठशालामा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पर्यावरण संरक्षणबारे जानकारी गराउँदै पर्यावरणसँग मानिसहरूको सम्बन्धबारे अवगत गराइयो। यस अवसरमा पाठशाला परिसरमा अम्बक, सुन्तला लगायत अन्य विभिन्न प्रकारका फलफूलको बिरूवा रोपियो। कार्यक्रममा पाठशालाका प्रधानाध्यापक धरणिप्रसाद शर्मा, विद्यार्थीवर्ग, शिक्षकवर्गले पनि सहभागिता जनाएका थिए। रोपिएका विभिन्न प्रकारका बिरूवाको संरक्षण साथै हेरचार गर्ने जिम्मेवारी विद्यार्थीहरूलाई सुम्पिएको छ। पाठशालाले आगामी दिनमा हरियाली बनाउने र पर्यावरणलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरेको छ। आज रोपिएको बिरूवाहरूमा विद्यार्थी सहित उनीहरूका आमाहरूको नाम प्लेट पनि लगाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement