नयाँ दिल्ली: एनआईएले पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) मा छापा मार्नु अघि खुफिया एजेन्सी आईबी र आरएडब्ल्यु (रअ) ले पीएफआईको गतिविधिहरु बारेमा महत्वपूर्ण जानकारी संकलन गरेको थियो, जसमा यसका कार्यकर्ता र उनीहरुका नेताहरुसँग सम्बन्धित जानकारीसहितको एक दस्तावेज तयार गरिएको थियो। छापा मार्नु अघि पीएसआईको कागजात राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) र प्रवर्तन निदेशालय (ईडी) लाई प्रदान गरिएको थियो। संचारमाध्यमहरुका समाचारअनुसार मध्यरातमा अपरेशन अघि दिल्लीमा एक विशेष नियन्त्रण कक्ष स्थापना गरिएको थियो। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र आईबी प्रमुख तपन डेकाले रातभरी यही कन्ट्रोल रुममा अपरेसनको अनुगमन गरेका थिए।
एनआईए, ईडी र केही राज्यहरूको पुलिस मार्फत पीएफआईका ९३ स्थानहरूमा छापा मारिएको थियो, जसमा पीएफआईका १०६ जनालाई पक्राउ गरिएको थियो। अगस्तमा, गृहमन्त्री अमित शाहले पीएफआईमा कारबाही गर्न एनएसए अजित डोभाल, आईबी प्रमुख तपन डेका र रअ प्रमुख सामन्त गोयलसँग महत्त्वपूर्ण बैठक गरेका थिए, जसमा पीएफआईको राष्ट्र विरोधी गतिविधिहरूको बारेमा जानकारी सङ्कलन गर्ने निर्णय गरिएको थियो।
पीएफआईमा सर्जिकल स्ट्राइक गर्नु अघि, गुप्तचर एजेन्सीहरूको विभिन्न टोलीले पीएफआई को प्रत्येक कार्यकर्ताको जानकारी संकलन गरेको थियो, जसले देशको सुरक्षालाई खतरामा पारेको थियो। पीएफआई विरुद्ध केही छापाहरू त्यस्ता स्थानहरूमा भइरहेको थियो, जसले एनआईए र ईडी टोलीहरूको सुरक्षालाई खतरामा पारेको थियो। यस्तो अवस्थामा छापा मार्ने योजना यसरी बनाइएको थियो कि पीएफआईमा छापा मारेको सबैलाई थाहा हुँदासम्म सबै टोली सकुशल आ–आफ्नो ठाउँमा फर्किनुपर्छ। यदि हेर्ने हो भने, पीएफआईको छापामा पनि त्यस्तै भयो। बिहान आठ बजेसम्म अधिकांश टोली अभियुक्तलाई लिएर मुख्यालय फर्किएका थिए।










