गान्तोक: आईसीएआर अनुसन्धान परिषद सिक्किम केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रव्यापी कृषि अभियानअन्तर्गत एक विशेष कृषि कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रम आईसीएआर सिक्किम केन्द्रको क्षेत्रीय केन्द्रका प्रमुख डा. अशोक कुमारको नेतृत्वमा आयोजित गरिएको थियो। यसमा सिक्किमका सबै जिल्लाहरूबाट ३०० भन्दा अधिक किसानहरूको उत्साहपूर्वक सहभागिता थियो। आईसीएआर सिक्किम केन्द्र, तादोङका सबै वैज्ञानिकका साथसाथै आईसीएआर-कृषि विज्ञान केन्द्र रानीपुलका वरिष्ठ वैज्ञानिक र विशेषज्ञहरूले कार्यक्रममा सक्रिय रूपमा भाग लिएका थिए। यसबीच किसान-वैज्ञानिकबीच संवाद र टिकाऊ कृषि पद्धतिहरूमाथि प्राविधिक चर्चा गरिएको थियो। कार्यक्रमको उद्देश्य पूर्वोत्तर हिमाली क्षेत्रमा कृषि अनुसन्धान, नवाचार र किसान सशक्तिकरणलाई मजबुत पार्नका लागि भारत सरकारको निरन्तर प्रतिबद्धतालाई उजागर गर्नु रहेको थियो। कार्यक्रमको उद्देश्य किसान, वैज्ञानिक, नीति निर्माता र कृषि उद्यमीहरूलाई एक साथ ल्याउनु थियो। जसले यस क्षेत्रको अद्वितीय कृषि-पर्यावरण अवस्था अनुरूप टिकाऊ र जलवायु अनुकूल कृषि पद्धतिहरूबारे चर्चा गर्नु रहेको थियो। कार्यक्रमले जैविक र पर्यावरण अनुकूल कृषिलाई बढ़ावा दिनमा एक महत्त्वपूर्ण कदम चालेको छ।