गृह मन्त्री शाहाको भ्रमणलाई लिएर एसकेएमको बैठक

IMG-20251012-WA0180

गान्तोक: केन्द्रीय गृह मन्त्री अमित शाहको प्रस्तावित भ्रमणलाई लिएर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा, पाकिम जिल्ला समितिको आझ एउटा बैठक बस्यो। उल्लेखनीय छ, २५ अक्टोबरको दिन गान्तोक आइपुग्ने गृहमन्त्रीको अघिल्लो दिन पाकिम जिल्लाको छुजाचेन समष्टिअन्तर्गत रिनाक वरिष्ठ माध्यमिक विद्यालय जाने कार्यक्रम रहेको छ। भारत सरकारको भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत छुजाचेन जानेछन् केन्द्रीय मन्त्री शाह।
केन्द्रीय मन्त्रीको प्रस्तावित भ्रमणको तयारी सम्बन्धमा बसेको बैठकलाई एसकेएम पार्टीका महासचिव एवं सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेतीले अध्यक्षता गरेका थिए। यसरी नै अन्यहरूको साथमा क्षेत्र विधायक एवं कृषि मन्त्री पुरण गुरुङको पनि विशेष उपस्थिति रहेको थियो।
बैठकमा केन्द्रीय मन्त्रीको भ्रमणको तयारी बारे विभिन्न पक्षमा चर्चा अनि छलफल भएको पार्टी सूत्रले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement