सिक्किममा पनि पालन गरियो आरएसएस-को शतवार्षिकी कायक्रम

IMG-20251012-WA0181

गान्तोक: देशका अन्य प्रान्तमा जस्तै सिक्किममा पनि राष्ट्रीय स्वंयसेवक सङ्घ (आरएसएस) सिक्किम शाखाले आजदेखि संस्थाको वर्षव्यापी शतवार्षिकी कार्यक्रम आरम्भ गरेको छ। उल्लेखनीय छ, वर्ष १९२५मा अस्तिवमा आएको राष्ट्रीय स्वंयसेवक सङ्घ देशका एक प्रमुख हिन्दुत्ववादी सङ्गठन हो।
सिक्किम राज्यमा वर्षव्यापी कार्यक्रमको आरम्भ आज राजधानी गान्तोक र पाकिममा पथ सञ्चालनबाट गरियो। गान्तोकमा जीरो पोइन्टबाट आरम्भ भएको यात्र भानु पथ, एमएलए होस्टल, पुरानो सदर थाना हुँदै ठाकुरबाड़ी मन्दिर पुगेर भयो समाप्त। धेरै सङ्ख्यामा स्वंयसेवीहरूले जनाए यात्रामा सहभागिता।

सहभागीहरूमा विश्वरुप कुण्डु, दया राम भट्टराई र नन्दन कुमार जस्ता प्रमुख स्वंयसेवकहरूको पनि सहभागिता रहेको थियो।
यसरी नै पाकिममा पनि पथ सञ्चालन कार्यक्रम आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement