उत्तर जिल्लाको विभिन्न जीपीयूमा धन धन्य योजना शुरु

IMG-20251012-WA0175

गान्तोक: उत्तर जिल्ला कृषि विज्ञान केन्द्रको पहलमा प्रधानमन्त्री धन धन्य कृषि योजना र आत्मनिर्भर मिशनको शुरु एक प्रत्यक्ष प्रसारणमार्फत गरियो। उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित रिङगिमका पञ्चायत लाकु छिरिङ लेप्चाले योजनाबारे जानकारी गराए। यस अवसरमा विभिन्न गाउँबाट आएका कृषकहरू सहभागी थिए। जसमा छावाङ, नामोक, लोवर मागसिला, मालिङ, नामपताल लगायत अन्य गाउँबाट आएका थिए। यस अवसरमा पुस्कल शर्माले पारम्परिक दाल खेतीलाई बढावा दिनुपर्ने विषयमा प्रकाश पारे। कार्यक्रममा नयाँ दिल्लीस्थित आइसीएआर मुख्यालयबाट देशका प्रधानमन्त्रीले योजना उदघाटन गरेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत कृषकहरूले हेर्ने अवसर पाएका थिए। सोही प्रकारले कृषि विज्ञान केन्द्रका अधिकारीहरूले कृषकहरूलाई प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले यस प्रकारको कार्यक्रमले क़ृषकहरु लाभान्वित हुने बताए। उनले कृषकहरूलाई दीर्गमियादी उद्यामी बन्नु पर्ने आग्रह गरे। यस अवसरमा कृषकहरूलाई रबि फसलको बीउ वितरण गरियो। सोही प्रकारले एसएमएस रिञ्छेन डेञ्जोङपाले रबि फसलबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा उत्पादन गर्ने तकनिकी र प्रबन्धनबारे विस्तृतरूपमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement