मङपू गोल्ड कपको सेमिफाइनलमा पुग्न सफल जर्जियन एफसी

IMG-20251012-WA0171

मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा आइतवार खेलिएको म्याचमा जर्जियन फूटबल क्लब (कालेबुङ)-ले मङपू युनाइटेडविरुद्ध ५-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सौरभ तामाङले २ गोल गरे। यसबाहेक देवाशिष राई, मार्टिन लेप्चा र मिंगमा शेर्पाले १-१ गोल गरे। सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १८ र १९ अक्टोबरमा खेलिनेछ।

यसरी फाइनल २६ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सोमवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र हिमालयन फूटबल क्लब (गान्तोक)-बीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement