नयाँ दिल्ली: भारत र वेष्ट इण्डिजबीच अरुण जेटली स्टेडियममा जारी दोस्रो टेस्ट म्याचमा भारतले शनिवार ५ विकेटमा ५१८ रन बनाएर पहिलो ईनिंग्स समाप्त घोषित गरेपछि आज वेष्ट इण्डिजको पहिलो ईनिंग्स २४८ रनमा समाप्त भयो। यसरी वेष्ट इण्डिज फलोअन् बाट बाँच्न जरूरी ३१९ रनसम्म पुग्न सकेन। पहिलो ईनिंग्सको आधारमा हासिल भएको २७० रनको बढ़तपछि भारतले वेष्ट इण्डिजलाई फलोअन् गरायो। फलोअन्-पछि वेष्ट इण्डिजले दोस्रो ईनिंग्समा पनि खराब शुरुवातपछि साई होप र जन क्याम्पबेलबीच पार्टनरशीपको सहायताले टीमले हारबाट बाँच्ने संघर्ष जारी राख्यो। वेष्ट इण्डिजले तेस्रो दिनको खेल समाप्त हुँदासम्म २ विकेटमा १७३ रन बनायो। होप ६६ र क्याम्पबेल ८७ रनमा अविजित छन्। भारतसँग अहिले पनि ९७ रनको बढ़त रहेको छ तर होप र क्याम्पबेलको ब्याटिंगले वेष्ट इण्डिज टीममा नयाँ जोश देखिएको छ। होपले १०३ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। यसरी क्याम्पबेलले १४५ बल खेलेर ९ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। यी दुईजनाले तेस्रो विकेटको निम्ति १३८ रनको अटूट पार्टनरशीप गरेका छन्। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा ओपनर तेगनारायण चन्द्रपल १० र एलिक अथानाजे ७ रन बनाएर आउट भए। यसअघि दोस्रो दिनको स्कोर ४ विकेटमा १४० रनदेखि अघि खेल्दै आज वेष्ट इण्डिजको पहिलो ईनिंग्स २४८ रनमा समाप्त भयो। भारतीय स्पिनर कुलदीप यादवले ५ विकेट हासिल गरी वेष्ट इण्डिजको सातो उड़ाए। दोस्रो दिन अविजित रहने होप र विकेटकीपर तेविन इमलाच क्रमशः ३६ र २१ रन बनाएर आउट भए। तल्लो क्रममा एण्डरसन फिलिपले अविजित २४ र खारी पिएरले २३ रन बनाएर वेष्ट इण्डिजको स्कोर २४८ रनसम्म पुऱ्याए। कुलदीप बाहेक रविन्द्र जडेजाले ३ विकेट हासिल गरे।