अण्डर-१४ लीग कम् नक्आउट फूटबलः एचएफए रेड र साई सुन्दरम स्कूल विजयी

IMG_20220924_191137.jpg

२४ सेप्टेम्बरः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आठौं अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी यस सेभेन ए साइड टुर्नामेण्टमा आज पहिलो दिन तीनवटा म्याच खेलियो। आज भएको दिनको दोस्रो म्याचमा हिल फूटबल एकाडमी (एचएफए) रेड-ले जेआर३२-लाई १–ले पराजित गऱ्यो। विजेता टीमबाट रिग्देन तामाङ गोल गरे। यसरी नै तेस्रो म्याचमा साई सुन्दरम स्कूलले एचएफए ब्लू-लाई २-१-ले पराजित गऱ्यो। आइतवार टुर्नामेण्टको दोस्रो दिन पनि तीनवटा म्याच खेलिनेछ। टुर्नामेण्टमा जम्मा ६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। दुईवटा ग्रुपबाट विजेता र उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। दुईवटा सेमिफाइनल १ अक्टोबर अनि फाइनल २ अक्टोबरमा खेलिने आयोजक केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement