जनी वार्डलको रेकर्ड तोड़्न सफल कुलदीप यादव

IMG-20251012-WA0139

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका स्पिनर कुलदीप यादवले आइतवार वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचको तेस्रो दिन असाधारण बलिंग गर्दै इतिहास रचे। कुलदीपले ८२ रन खर्च गरी ५ विकेट लिए। यसको साथै उनी टेस्ट क्रिकेटमा सबैभन्दा तेज ५ पल्ट ईनिंग्समा ५ विकेट हासिल गर्ने देब्रे हातका लेग स्पिन (चाइनाम्यान) बलर बने। उनले यस उपलब्धिलाई केवल १५ वटा टेस्ट म्याचमा हासिल गरे। कुलदीपले ईङ्ल्याण्डका जनी वार्डलको रेकर्ड तोड़े, जसले २८ वटा म्याचमा यस उपलब्धिलाई हासिल गरेका थिए। यस उपलब्धिको साथ कुलदीप अहिले वार्डलसँग संयुक्त रूपले टेस्ट क्रिकेटमा सर्वाधिकपल्ट ५ विकेट लिने चाइनाम्यान बलर बनेका छन्। कुलदीपको चमत्कारी प्रदर्शनले गर्दा नै आइतवार वेष्ट इण्डिजको पहिलो ईनिंग्स २४८ रनमा समाप्त भयो। कुलदीपले एलिक अथानाजे, साई होप, तेविन इमलाच, जस्टिन ग्रीव्स र जेडन सील्सको विकेट लिए। टेस्ट क्रिकेटमा सर्वाधिकपल्ट ईनिंग्समा ५ विकेट लिने चाइनाम्यान बलरहरूका सूचीमा कुलदीप र वार्डलपछि पल एडम्स रहेका छन्। दक्षिण अफ्रिकाका यस क्रिकेटरले ४ पल्ट ईनिंग्समा ५ विकेट लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement