सोनादा: सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रंगमुक, सिडर्स, मुण्डा जाने रोड वर्तमानमा अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले यो रोड विषय लिएर लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको सभा सम्पन्न भएको छ। उक्त सभा संगठनको सभापति अनरेरी कप्तान एलबी राईको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको कार्यालयमा सम्पन्न भएको छ। भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको प्रतिनिधिहरु यस रोडको मरमत्तिको विषयमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानसित भेट्न जाने योजना रहेको थियो तर डेपुटी चेयरम्यान राजेस चौहान आफै आउने भएको कारणले आजको सभामा उपस्थित रहेका थिए। यसको साथै पूर्व सभासद महेन्द्र प्रधान, सुकदेव राई, सोनाम तामाङ लगायत अन्यहरु पनि उपस्थित रहेका थिए। सभामा सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको मरमत्तिको लागि के कसो गर्नु पर्ने र यस रोडको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गरिएको छ। सभामा भूतपूर्व सैनिकहरु र स्थानीय मानिसहरु उपस्थित रहेका थिए।

यसको साथै आगामी १४ अक्टोबरको दिन फेरि लोवर सोनादा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको कार्यालयमा सभा सम्पन्न हुने भएको छ। उक्त सभामा सोनादादेखि रमिते, नाली चउर, पचेङ, रंगमुक, मुण्डा सिडर्स क्षेत्रको विभिन्न समाजहरुको प्रतिनिधिहरुलाई उपस्थित भईदिने अनुरोध गरिएको छ। यसको साथै यस क्षेत्रको चालकहरुलाई पनि सभामा उपस्थित भईदिने अनुरोध भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट भूतपूर्व सैनिक अनरेरी कप्तान एलबी राईले आह्वान् गरेका छन्।