यस आपदालाई नेशनल डिजास्टर घोषणा गरिनुपर्छ ताकि राशि आउन सकोस्: समन पाठक
सोनादा: माक्सवादी कम्युनिष्ट पार्टी अफ् ईण्डिया सीपीआईएमद्वारा सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको पैह्रो प्रभावित फूलबारी होप टाउन र रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रमा राहत सामग्रीहरु वितरण गरिएको छ। पैह्रो पिढीत परिवारहरुलाई राहत सामग्रीहरु वितरण कार्यमा माकपाको दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकको नेतृत्वमा गएका एक टोलीले राहत सामग्रीहरु वितरण गरेका छन्। यस टोलीमा भरत पटेल, सचिन खाती, तिलतन खाती, महेन्द्र राई लगायत अन्यहरु उपस्थित रहेका थिए।

उक्त टोलीले सोनादा पचेङ समष्टि अन्तर्गत मुण्डाकोठी ग्राम पञ्चायतको पैह्रो प्रभावित फूलबारी होप टाउन र रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रमा राहत सामग्रीहरु वितरण गरेका छन्। उक्त राहत सामग्रीहरु वितरण कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै माकपा दार्जिलिङ जिल्ला सचिव एवं पूर्व सांसद समन पाठकले यस प्राकृतिक प्रकोपमा पुनर्वासको मुख्य विषय बनेको बताउँदै आफुहरुले यस विषयमा जिल्ला शासकलाई पत्रचार गरेर पैह्रो प्रभावित परिवारहरुलाई चियाबारीको सुरक्षित स्थानमा सारिनु पर्ने मांग गरिएको बताएका छन्। उनले यस आपदाको निरीक्षणमा आउने जनप्रतिनिधिहरुले पुनर्वासको पहल झट्टै गर्नुपर्छ किनभने यो कुरा अहिले मुख्य बनेको बताए। उनले यस प्रकोपलाई नेशनल डिजास्टर घोषणा गरिनुपर्छ ताकि राशि आउन सकोस्।

उनले पहाडी क्षेत्रमा केन्द्रले ल्यान्सलाइड रिसर्च स्टडिज सेन्टर खोल्नुपर्छ जुन आफु सांसद हुँदा पनि मांग गरेको बताएका छन्। पूर्व सांसद समन पाठकले माकपाले अहिले पीढीतहरुसित खडा भएर राहत पुर्याउने कार्य गरिरहेको पनि बताएका छन्। उनले यो आपदाको समयमा केन्द्रले स्पेशियल प्याकेज दिनुपर्छ र राज्यले पिढीतहरुका लागि घर बनाउनु पर्छ भनी मांग गरेका छन्।