खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गौरी शंकर चियाबारीका अग्नि पिढीत परिवारलाई राहत सामग्री प्रदान गरेका छन्। उनले गौरी शंकर चियाबारी निवासी अनिल राईलाई छवटा टिनको च्यादरहरु प्रदान गरेका छन्। गौरी शंकर चियाबारी निवासी अनिल राईको गत २२ सेप्टेम्बरको दिन आगलागीको घटनामा भान्सा घर जलेर खरानी बनेको थियो। त्यसर्थ राईको घरमा नै पुगेर बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले राहत सामग्री वितरण गरेका थिए। यस अवसरमा उनलाई भेटघाट गरेर क्षय क्षतिको जायजा लिनको साथै राहत सामग्री वितरण गरेका छन्। यस अवसरमा उनले परिवारलाई भेटेर सहानुभूति पनि प्रकट गरेका थिए। आफ्नो जलेको भान्सा घरमा चाहिने राहत सामग्री प्रदान गरिएकोमा अनिल राईले बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेलाई धन्यवाद दिएका छन्।