मिरिकको पत्रकार रोशन थापाको निधन

IMG-20251012-WA0135

मिरिक: मिरिकका एक अग्रज पत्रकार एवं शिक्षक रोशन थापाको निधन भएको छ।‌ उनको निधन आईतवार बिहान मन्जुस्थित निवासस्थानमा भएको थियो।उनको असमायिक निधनमा सञ्चार जगत एवं क्षेत्रमा गहिरो शोकको लहर छाएको छ। रोशन थापाले सन् १९९४ सालदेखि शुरु भएको नेपाली दैनिक सुनचरीबाट पत्रकारिता शुरु गरेका थिए भने दार्जीलिङ प्रेस एसोसिएसन (प्याड) का संस्थापक सदस्य एवं मिरिक प्रेस क्लबका पूर्व मूल सचिवको पद पनि सम्हालेका थिए। स्व. रोशन थापा निर्भिक, स्वतन्त्र अनि जुझारु पत्रकारको रुपमा अधिक लोकप्रिय थिए। उनको निधनमा मिरिक प्रेस क्लब र प्रेस क्लब अफ् खरसाङद्वारा शोक प्रकट गरिएको छ।‌ प्रेस क्लब अफ् खरसाङको तर्फबाट सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल‌ पञ्चमले पत्रकार रोशन थापाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement