गान्तोक: ‘सिम्फो-एनई’ पूर्वोत्तर राज्यहरूमा पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यका साथ नीति निर्धारक, हितधारक अनि प्रभावशाली व्यक्तित्त्वहरू सामेल पूर्वोत्तर क्षेत्र विकास सम्मेलन अन्तर्गत संवाद शृङ्खला हो। पूर्वोत्तर भारत अद्भूत खाद्य परिकार, संस्कृतिक, सुरम्य प्राकृतिक परिदृश्य, धरोहर अनि वास्तुकलाले समृद्ध बन्नुका साथै यस धरतीको सबैभन्दा सुन्दर स्थलमध्ये एक मानिन्छ। यहाँ पर्यटन क्षेत्र विस्तारका अपार सम्भावना छ।

यसै विषयलाई ध्यानमा राख्दै केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास (डोनर), पर्यटन एवं संस्कृति मन्त्री जी किशन रेड्डीले डोनर मन्त्रालयका सचिव लोक रञ्जनलगायत मन्त्रालयका वरिष्ठ अधिकारी अनि आटवटा राज्यका पर्यटन बोर्डका वरिष्ठ अधिकारी, हितधारक अनि यात्रा परिचालकहरूका साथमा डिजिटल प्रभावकारीहरूका उपस्थितिमा दुई दिने ‘सिम्फो-एनई’ परोक्ष सम्मेलनको उद्घाटन गरे। विश्व पर्यटन दिवसको अवसरमा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयद्वारा २४ अनि २७ सेप्टेम्बरको दिन ‘सिम्फो-एनई’ परोक्ष सम्मेलन आयोजन गरिँदैछ। दुई दिने सम्मेलन पूर्वोत्तर भारतको अज्ञात सुन्दरता प्रस्तुत गर्ने मार्गचित्र सिर्जना गर्दै पर्यटन क्षेत्रलाई बढावा दिन लक्षित रहनेछ। विचार मन्थन अनि चर्चा-परिचर्चाका साथमा चिन्तक, नीति निर्धारक, सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्तित्त्व, यात्रा परिचालकहरूका साथमा डोनर मन्त्रालय अनि राज्यका विभागहरूका वरिष्ठ अधिकारीहरूले विचार अनि सुझाव पेश गर्नेछन्।

‘यात्रीहरूका लागि अज्ञात स्वर्ग’ रहेको उल्लेख गर्दै केन्द्रिय मन्त्री जी किशन रेड्डीले पूर्वोत्तर भारत प्राकृतिक सौन्दर्य, विशिष्ट संस्कृति अनि प्रचुर प्राकृतिक संसाधनको मिश्रण रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्त्वमा भारत सरकार पूर्वोत्तर क्षेत्रको तेज विकासप्रति प्रतिबद्ध रहेको बताए। ‘सिम्फो-एनई’ ‘सिम्फो-एनई’ले पूर्वोत्तर क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न चिन्तनशील कार्यको निम्ति विशाल मञ्च प्रदान गर्ने पनि उनले बताए।
सिम्फो-एनईको सत्रलाई सम्बोधित गर्दै डोनर सचिव लोक रञ्जनले यो सम्मेलन पूर्वोत्तरमा पर्यटन क्षेत्रको सम्भावना उजागर गर्ने वास्तविक विचार अनि अवसर रहेको बताए। सिम्फो-एनई व्यापक शुरुवात रहेको उल्लेख गर्दै साझेदार अनि हितधारकहरूद्वारा प्रस्तुत सुझाउहरूमाथि मन्थन गर्दै सबै अपेक्षा पूरा गर्न मन्त्रालयले मिशन मोडमा काम गर्ने पनि उनले बताए। यसै गरी पूर्वोत्तर परिषदका सचिव के मोजेस चलाईले सिम्फो-एनईलाई सम्बोधित गर्दै पूर्वोत्तर क्षेत्रका लागि बेग्लै स्तरको पर्यटन विकासमाथि भारत सरकारले काम गरिरहेको उल्लेख गरे। प्रविधि अनि डिजिटिकरणका साथमा पर्यटनमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै यसले क्षेत्रमा पर्यटनलाई धेरै नै टेवा दिने उनले बताए। एनईएचएचडीसीका महानिर्देशक अवकाशप्राप्त ब्रिगेडियर आरके सिंहले आफ्नो सम्बोधनमा सबै हितधारकको सामूहिक भावनालाई दोहन गर्दै भारत सरकारले पूर्वोत्तरमा पर्यटनमैत्री परिवेश सिर्जना गर्ने दिशामा काम गरिरहेको बताए। पूर्वोत्तर क्षेत्रको हस्तशिल्प अनि शिल्पीहरूका उत्कृष्ट कलाकृति प्रस्तुत गर्ने विशेष पर्यटनलाई प्रोत्साहित गर्ने दिशामा व्यापक प्रयास गरिने पनि उनले बताए।
यसै गरी नेडफीका सीएमडी पीभीएसएलएन मूर्तिले पर्यटन क्षेत्रसित सम्बन्धित उदीयमान स्टार्टअप्सहरूले पूर्वोत्तर क्षेत्रमा पर्यटनको परिदृश्यमा उल्लेखनीय परिवर्तन ल्याएको बताए। सिम्फो-एनईको जको सत्रम शिलङको लोक सङ्गीत ब्याण्ड “समरसल्ट”द्वारा पनि प्रस्तुति दिइयो भने ब्याण्डका सदस्य किट साङप्लियाङले पूर्वोत्तर भारतमा पर्यटनको सतत् विकासको परिप्रेक्ष्यमा सङ्गीतको महत्त्व रेखाङ्कित गरे। यस क्रममा बाइकरहरूको टोली ‘वाण्डरर’द्वारा पूर्वोत्तर क्षेत्रमा भ्रमणको आफ्नो अनुभूति साझा गरियो भने टोलीका सदस्य पवनले आफ्नो सुझाउ पेश गरे। सिम्फो-एनईको आजाको सत्रमा प्रतिष्ठित चिन्तक, नीति निर्धारक, राज्य पर्यटन बोर्डहरूका प्रतिनिधि, सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्तित्त्वहरूका साथै पर्यटन एवं यात्रा परिचालकका प्रतिनिधिहरू लगायत राज्य सरकारहरूका पर्यटन विभागका अधिकारीहरूले भाग लिए।
पर्यटकहरूका साथै यात्रा परिचालकहरूद्वारा भ्रमणार्थीहरूका लागि सेवा परिचालनको समय सामना गर्नुपर्ने समस्या अनि अडचनहरूको अन्त्य गर्नका अतिरिक्त प्रचालन अनि पूर्वाधार सुविधाहरू जुटाउन र पर्यटकहरूलाई स्थान विशेषको जानकारी दिन र आवश्यक सूचना प्रसारित गरी विपणन प्रक्रियालाई व्यापकता प्रदान गर्ने एकलविन्दु समाधान प्रदान सिम्फो-एनई लक्षित छ। यस सम्मेलनको समापन २७ सेप्टेम्बरको दिन हुनेछ जहाँ केन्द्रिय डोनर राज्यमन्त्री बीएल भर्माले सम्बोधित गर्नेछन्। -पीआईबी
								



								

															
                    



