उदघाटन खेलमा सिविटार बिजय बन्दै दोस्रो चरणमा प्रवेस
खरसाङ: तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा आईतवारदेखि नगदराशि फुटबल टुर्नामेन्ट शुरु भएको छ। पहिलो दिनको उदघाटन खेल घैयाबारी र सिविटारमाझ सम्पन्न भएको थियो। यस खेलमा सिविटारको तर्फबाट एक मात्र गोल प्रवेस राईले गरेका थिए भने यसै गोलको दममा सिविटार १-० अन्तरले विजयी हुँदै दोस्रो चरणमा प्रवेस गरेको छ। उदघाटन खेलमा अतिथिको रुपमा घुम्ती चियाबारीको प्रबन्धक, पञ्चायत प्रधान, भूतपूर्व सैनिक लगायत स्थानीय वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। यस दोस्रो दिनको खेल आगामी १८ अक्टोबरमा हुने भएको छ। उक्त दिन दुईवटा खेलहरु हुने भएको छ। यसमा पहिलो खेल अलि बक्स र लवाङ ७ अनि दोस्रो खेल तिरसठ स्पोर्टिङ्ग क्लब र गिध्दे नेताजी कोठीमाझ सम्पन्न हुने भएको जानकारी आयोजक समितिको तर्फबाट बसन्त राईले जानकारी गराएका छन्।