फुलपाती शोभायात्रा साथै सांस्कृतिक कार्यक्रमबारे सभा

IMG-20220924-WA0154.jpg

मदारीहाट: भानुभक्त सांस्कृतिक संघ मदारीहाट पीएस कमिटीको आयोजनामा आज संघको निजी कार्यालय (बरगाछ पशुपतिनाथ शिवमन्दिर छेउ)मा एउटा आपत्कालिन र जरुरी सभा फुलपाती शोभायात्रा २०२२ र सांस्कृतिक कार्यक्रमबारे चर्चा विषयलाई लिएर बस्यो। देवेन विश्वकर्माको अध्यक्षतामा र युवा कवि किरण उपाध्यायको सञ्चालनमा भएको सभामा आज विशेषरुपले टोटोपाडामा भानुभक्त सांस्कृतिक संघ र टोटोपाडा जन कल्याण संघको संयुक्त आयोजनामा फुलपाती शोभायात्राको जुन निर्णय भएको थियो र थाना प्रशासनबाट पर्मिशन लिइ लगभग तयारी भइसकेको कार्यक्रमलाई फेरि प्रशासनले भानुभक्त सांस्कृतिक संघ तथा टोटोपाडा जन कल्याण संघलाइ यसबारे चर्चामा बोलाइ टोटोपाडामा फुलपाती शोभायात्रा नगरिदिन अनुरोध गर्दा आजको सभा यसै विषयलाई लिएर छलफल गर्न डाकिएको थियो। टोटोपाडामा धेरै वर्षदेखि जमीनको संवेदनशील विषयलाई लिएर चलेको विवादलाई वर्तमान सरकारले समाधान गर्न जमीनको नापजोघ चलिरहेको हुँदा र यसैलाई केन्द्रित गरि प्रशासनले यो कार्य पुरा नभइञ्जेल कुनै कार्यक्रम नगरिदिने अनुरोध गरेका थिए जसलाई टोटोपाडाका गोर्खा समुदाय र भानुभक्त सांस्कृतिक संघले यो अनुरोधलाई स्वीकारेर प्रशासनलाई सहयोग गर्न आजको सभाले फुलपाती शोभायात्रा २ अक्टोबरको दिन मदारीहाटमै मनाउने र ३ अक्टोबरको दिन साँझ ४ बजेदेखि उत्तर खयेरबारी शान्ती स्कुलमा सांस्कृतिक र साङगीतिक कार्यक्रम गरिने निर्णय लियो। आजको सभामा टोटोपाडा, हन्टापाडा लगायत मदारीहाट पीएस कमिटी अन्तर्गत पर्ने प्रायः सबै ठाउँबाट प्रतिनिधि सदस्यहरू आएका थिए र टोटोपाडामा गोर्खा समुदायमाथि भएको समस्यालाई फुलपातीको कार्यक्रमपछि आगामी दिनमा संघले सभा डाकी प्रशासनको सहयोगमा समाधानको बाटो खोज्ने जानकारी संघका अध्यक्ष शम्भु ढकालले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement