मङपू गोल्ड कपः नाइट चेस क्लबको रोमाञ्चक जीत

IMG-20251011-WA0150

मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। मङपू खेल मैदानमा आज खेलिएको उद्घाटन म्याचमा नाइट चेस क्लब (नेपाल)-ले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल सुजन बलामपाकी मगरले ७९औं मिनटमा गरे, जसलाई प्लेयर अव् द म्याच पनि चयन गरियो। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १८ र १९ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल २६ अक्टोबरमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आइतवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र मङपू युनाइटेडबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement