राज्यपाल माथुरद्वारा ७० फीट उचाइँको राष्ट्रीय झण्डाको उदघाटन

IMG-20251011-WA0143

प्रेरणास्थललाई देशभक्तिको प्रतीकका रुपमा विकास गर्नपर्छः राज्यपाल

गान्तोक: सिङताम र रम्फूस्थित बरदाङको प्रेरणा स्थलमा आयोजित एक समारोहमा राष्ट्रीय झण्डाको उदघाटन गरियो। समारहोरमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि थिए। भारतीय सेनाद्वारा निर्मित ७० फीट उचाइँको राष्ट्रीय झण्डाको उदघाटन गर्दै राज्यपालले झण्डाको स्थापनाको सराहना गरे। सिक्किम सरकार र फ्ल्याग फाउण्डेसन अफ् इण्डिया तथा ब्ल्याक क्याट डिभीजनको संयुक्त पहलमा स्थापना गरिएको हो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले जसरी मानिसहरूले डोकलाम, नाथुला र छो-ला जस्तो रणभूमिमा पुगेर देशको रक्षाको महसुस गर्दछन् सोही प्रकाले सिक्किम प्रेरणास्थल पनि बीरता, बलिदान र गौरवको अनभव गर्नसक्ने स्थान भएको उल्लेख गरे। राज्यपालले थप जानकारी गराएअनुसार यहाँ आउने मानिसहरुले एक स्मारकसंगै देशभक्तिको गौरबको प्रतिकको अनुभव गर्नसक्नेछन्। यसले भावी पीढिलाई प्रेरणा प्राप्त हुने जानकारी गराए। यसरी नै मेजर जनरल आसिम कोहलीले राष्ट्रीय ध्वजको भावनामाथि प्रकाश पार्दै देशका सबै नागरिकहरूलाई राष्ट्रीय गौरव अनि देशभक्तिसँग जोडने बताए। उक्त कार्यक्रममा प्रेरणास्थलमा आधारित एक लघु चलचित्रको पनि प्रदर्शन गरिएको थियो। उक्त अवसरमा राज्यपाल माथुरले व्ल्याक क्याट डिभीजनका जीओसीसहित बीरगति प्राप्त सैनिकहरूको स्मृतिमा पुष्पाञ्जली अर्पण गर्दै सबै शहीदहरूका नाम स्थायीरूपमा प्रेरणास्थलमा अंकित गरिने बताए। आफ्नो सम्बोधनमा राज्यपालले पर्यटन विभागलाई सिक्किम प्रेरणा स्थललाई सौन्दर्यकरण गर्ने निर्देश दिए। यसलाई पर्यटकहरूको एक महत्वपूर्ण केन्द्र बनाउनु पर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement