भारत-नेपाल सीमा ओखरेमा अन्तर्राष्ट्रीय बालिका दिवस

IMG-20251011-WA0142

सोरेङ: सोरेङ जिल्लाको ओखरे ग्राम पञ्चायत यूनिटमा अन्तर्राष्ट्रीय बालिका दिवस पालन गरियो। सोरेङ जिल्लाको अन्तिम ग्राम पञ्चायत यूनिटको रुपमा रहेको ओखरे नेपाल-भारतको सीमानासित जोड़िएको छ। उक्त कार्यक्रम भारत सरकारको युवा एवं खेल मन्त्रालय र पिरामल फाउण्डेसनको संयुक्त पहलमा आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य देशभरिका बालिकाहरूलाई आफ्नो अधिकारबारे सचेतना गराउनु रहेको थियो। कार्यक्रमअन्तर्गत ऱ्याली, सचेता सत्र र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। जसमा बालिकाहरूलाई सशक्तिकरण गराउने विभिन्न विषयमाथि प्रकाश पारियो। उक्त कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने चारजना बालिकाहरूलाई अभिनन्दन जनाइयो। जसमा संस्कृतिको क्षेत्रमा हिस्से ओङमु शेर्पा, शिक्षाको क्षेत्रमा याङकित शेर्पा, खेलकुदको क्षेत्रमा कर्मा वाङदी शेर्पा र सामाजित गतिविधिमा सक्रिया भूमिका निर्वाह गर्दै आएकी सामाजिक कार्यकर्ता लियोनी सुब्बा रहेका छन्। कार्यक्रममा पञ्चायत अध्यक्ष, सदस्यगण, विद्यार्थीवर्ग, शिक्षकवर्ग र युवाहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement