पीएम धन धान्य कृषि योजना उदघाटनमा मुख्यमन्त्री तामाङको भर्चुअली सहभागिता

IMG-20251011-WA0141

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पीएम धन धान्य कृषि योजनाको शुरु गरे। भारत सरकारका विभिन्न परियोजनाहरुको शिलान्यास पनि राखे। यस अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भर्चुअलरूपमा सहभागिता जनाएका थिए। प्रधानमन्त्री मोदीले कृषि आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कृषि योजना औपचारिकरूपमा शुरू गरेका हुन्। यसबाहेक भारतमा दाल उत्पादनलाई सुदृढ पार्न र आयातमा निर्भरता कम गर्न दालमा आत्मनिर्भरताको लागि छ वर्षे अभियानको पनि शुरु गरियो। प्रधानमन्त्रीले कृषि पूर्वाधार कोष, पशुपालन, र खाद्य प्रशोधन उद्योगअन्तर्गतका परियोजनाहरूसहित राष्ट्रलाई समर्पित धेरै परियोजनाहरूको पनि उद्घाटन गरे। जसले ग्रामीण कृषि विकासतर्फको व्यापक दृष्टिकोणलाई स्पष्ट पारेका थिए। उनले पारम्परिक खेतीमा संलग्न किसानहरूको र कृषि सहकारी समितिहरूलाई प्रमाणपत्र प्रदान गरे। योजनाले सहकारी क्षेत्र सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको जानकारी पनि कार्यक्रममा दिइयो। उक्त कार्यक्रमले भारतको कृषि पर्यावरण प्रणालीलाई सुदृढ पार्न र देशभरिका ग्रामीण समुदायहरूलाई सशक्त बनाउन केन्द्र सरकारको समर्पणलाई प्रतिबिम्बित गर्ने बताएको छ। उक्त अवसरमा सिक्किमका मुख्यमन्त्री तामाङ लगायत कृषि विभागीय मन्त्री पूरण गुरूङ, मुख्य प्रशासक भीबी पाठक, मुख्य सचिव आर तेलाङ लगायत विभागका प्रमुखहरू पनि सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement