जिल्लापालले डाके राजनीतिक दल प्रतिनिधिहरुसित बैठक

IMG-20251011-WA0140

मंगन: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर एक बैठक सम्पन्न भयो। बैठकमा चुनाउ आयोग सम्बन्धी विभिन्न विषयहरूमा छलफल गर्दै भारतको चुनाउ आयोगद्वारा तोकिएका निर्वाचन कानून र निर्देशनहरूको समीक्षा गरियो। उक्त मासिक बैठक चुनाउ आयोगले तोकेको नियमअनुसार गरिएको हो। जसले कानुनी ढाँचा सुदृढ बनाउन, निर्वाचन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र राजनीतिक दलहरूबीच सहकार्य सुनिश्चित गर्नका लागि आयोजना गरिएको थियो। बैठकमा चाँड़ै राज्यभरि सञ्चालन हुन लागेको विशेष गहन पुनरीक्षण सम्बन्धी जानकारी दिइयो। एसआईआर भनेको भारतीय चुनाउ आयोगद्वारा सञ्चालन गरिने मतदाता नामावलीको सूक्ष्म र विस्तृत प्रक्रिया रहेको र जसको उद्देश्य मतदाता सूचीलाई शतप्रतिशत सही, समावेशी र अद्यावधिक राखी निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयता कायम गर्नु रहेको जानकारी गराए। बैठकमा राजनीतिक दलहरूबीच समन्वय सुदृढ गर्ने विषयमा छलफल गरियो। निर्वाचन आयोगका निर्देशनहरू पालनामा जोड दिने विषयमा पनि विशेष ध्यान दिइएको थियो। बैठकमा राज्य चुनाउ आयोगका उपसचिव कर्मा शेर्पा र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement