गोवर्धन बास्तोलाको “आफ्नै मर्म आफ्नै कर्म” सार्वजनिक

IMG-20251011-WA0139

गेजिङ: पश्चिम सिक्किम साहित्य प्रकाशनको कार्यकारिणी अध्यक्ष तथा स्रष्टाका सम्पादक गोवर्धन बास्तोलाको कविता संग्रह “आफ्नै मर्म आफ्नै कर्म” लोकार्पण गरियो। गेजिङस्थित उनको निजी निवासमा आयोजित एक कार्यक्रमबीच पद्मश्री केदार गुरूङ मुख्य अतिथि थिए। यसका साथौ पश्चिम सिक्किम साहित्य प्रकाशनकी अध्यक्ष रिकी लमू लेप्चा, महासचिव लक्ष्मीप्रसाद गुरूङ, संस्थापक सदस्य एचबी शंकर, सीएल गुरूङ, अनिता राना, धीरज राई, फुर्बा खाण्डु गुरूङ, दिनेश शर्मा, टिका राम शर्मा, डा डिल्लीराम शर्मा, धनसिंह विश्व, चन्द्र गुरुङ, मधु शर्मा लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। कविता संग्रह लोकार्पणपछि उपस्थित सबै सदस्यहरूले साहित्यकार बास्तोलालाई बधाई दिए। आफ्नो कुरा राख्दै कवि बास्तोलाले पुस्तकको तयारी धेरै दिनदेखि भए तापनि अस्वास्थ्यको कारण आज ढिलाइँ भएको उल्लेख गरे। नवोदित साहित्यकारहरूलाई अभिप्रेरित होस भन्ने उदेश्यका साथ आफ्नो कलमलाई निरन्तरता दिएको र लेखकहरूले कुनै पनि परिस्थितिमा आफ्नो कलमलाई बिराम दिनु नहुने अनुरोध गरे। यो संग्रह दशौं कृतिको रूपमा रहेको बताए। पश्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यहरूले उपस्थिति जनाएर कविलाई थप मनोबल बढाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement