मन्त्री ढुङ्गेलले गरे बाकथाङ बरियल ग्राउण्डमा पूर्वाधार अनि सुविधाहरूको लोकार्पण

IMG-20251011-WA0138

गान्तोक: पछिल्ला समय क्रिस्च्यन बरियल ग्राउण्ड कमिटीको तत्पर्तामा राजधानी गान्तोकको बाकथाङस्थित बरियल ग्राउण्डमा पूर्वाधारहरू जड़ानको काम तीव्रतासित भइरहेको छ। यसै क्रममा केही समय अघि राज्य सरकारको सहयोगमा निर्माण गरिएको दुई तल्ले भवनको माथि, ग्राउण्ड फ्लोरमा नवनिर्मित तीनवटा कोठा साथै नयाँ शववाहन (हर्स भेहिकल) को आज लोकार्पण गरियो। सिक्किम सरकारका स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले यी पूर्वाधार र सुविधाको विधिवत लोकार्पण गरे।
क्रिस्च्यन बरियल ग्राउण्ड कमिटीका अध्यक्ष रेभरेन्ट जोशप तामाङकाअनुसार राजधानी वरपरका विभिन्न चर्च अनि मण्डलीको सहयोगमा यी नयाँ कोठाहरू निर्माण गरिएको हो। यसको निम्ति उनले सबै चर्च अनि मण्डलीलाई धन्यवाद दिए। यसको साथै उनले यस पूर्वाधारको सही रखरखाउमाथि पनि विशेष जोर दिएका छन्। यी तीनवटा कोठाहरू व्यवसायको निम्ति किरायमा दिने योजना रहेको उनले बताए।
नयाँ शवहान भने मन्त्री जीटी ढुङ्गेलको विशेष सहयोगमा प्राप्त भएको अध्यक्ष रेभरेन्ट तामाङको भनाइ रहेको छ। तर, मन्त्री ढुङ्गेलले भने मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा यो शववाहन प्राप्त भएको अवगत गराए। कार्यक्रममा छोटो सम्बोधन राख्दै उनले वर्तमान सरकारकालमा राज्यका ख्रिष्टीय समुदायले पहिले कहिल्यै नपाएका सहयोग र सम्मान प्राप्त गरिरहेको दावी गरे। राज्यका ख्राष्टीय समुदायलाई छोग्यालले बाकथाङ अनि ताथङचेनमा बरियल ग्राउण्ड प्रदान गरेको बाहेक प्रजातान्त्रिक सिक्किममा अरु कुनै ठोस सहयोग प्राप्त नभएको तर वर्तमान एसकेएम सरकार आउनसाथ ताथङचेनमा अर्को बरियल ग्राउण्डको निम्ति आर्थिक सहयोग प्रदान गरेको मन्त्रीले बताए। यसको साथै दुवै बरियल ग्राउण्डमा विभन्न पूर्वाधार जड़ानको निम्ति पनि सरकारले सहयोग गरिरहेका उनले थप बताए। त्यसैले राज्यका ख्रिष्टीय समुदाय सरकार प्रति कृतज्ञ हुनपर्ने मन्त्री जीटी ढुङ्गेलले आफ्नो सम्बोधनमा बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement