बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन: भाजपा

15d6437f8eda447f9bfc7ad79522b4ca

दार्जीलिङ: बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन भनी भाजपा दार्जीलिङले बताएको छ। गत ७ अक्टोबरमा गोजमुमोको १८ओैं स्थापना दिवसम गोजमुमो महासचिव महासचिव रोशन गिरीले दिएको वक्तव्यसित भाजपा सहमत छैन भनी भारतीय जनता पार्टी युवा मोर्चा दार्जिलिङ जिल्ला अध्यक्ष निरज राई बान्तावाले बताएका छन्।
गोजमुमोको १८ ओैं स्थापना दिवसमा बोल्दै गोजमुमो महासचिव रोसन गिरीले भनेका थिए, केन्द्रीय गृहमन्त्रीले गोर्खाल्यान्ड नहुने तर हामीलाई बीटीआर मोडलको रिजन हुने बताएका थिए। भाजपा दार्जीलिङ उनको यो वक्तव्यशीत सहमत छैन। यो उनीहरुको मनगडन्ते र गोजमुमोलाई हिरो बनाउने सस्तो वक्तव्य मात्रै हो भनी निरज राईले‌ बताएका छन्। उनले भने, ‘भाजपा दार्जीलिङ जिल्ला समितिलाई बीटीआर मोडलबारे केही खबर छैन। यस्तो मोडलबारे चासो पनि छैन। बीटीआर मोडलको व्यवस्था भाजपाको एजेन्डा होइन। पहाड,तराई र डुवर्स सबैको आकाँक्षा बंगालदेखि अलग् हुने हो। यसको लागि सबै एक हुनु जरुरी छ। तर यहाँ घटक दलको भएर उनीहरू नै मूल एजेन्डादेखि आफुलाई अलग देखाउने र सरकार अघि मतभेद र अमेलता सृष्टि गरिरहेका छन्।’
निरज राईले अघि भने, ‘गत त्रिपक्षीय सभामा पनि गोजमुमो महासचिव रोसन गिरीले गृह राज्यमन्त्री सामु बीटीआर मोडलको वक्तव्य राखेको खबर थियोे। यो गोजमुमो दलको आफ्नो एजेन्डा हो। तर दार्जीलिङ पहाडको जनताको होइन। हामी पहाडको जनताको आकाँक्षाप्रति गम्भीर छौं। गोजमुमोले स्थापना दिवस मनाउँदै भाजपालाई चुनौती दिनु र हाम्रो कार्यकर्ताहरुलाई गाली गर्नु राजनैतिक अभद्रता र अपरिपक्कता हो। उनीहरुलाई बीटीआर मोडलको वचन केन्द्रीय गृहमन्त्रीले दिइसकेका छन् भने भाजपालाई अल्टिमेटम दिनुको कुनै महत्त्व छैन। गोजमुमो अध्यक्ष बिमल गुरुङले तर दार्जीलिङ पहाडको जनता र उनीहरुका राजनैतिक मागप्रति चरम उदासीनता र विरोध गर्ने ममता बेनर्जी र टिएमसी सरकारप्रति एक शब्द विरोध किन गरेनन्? चर्चाको विषय यो छ। छुट्टै संवैधानिक व्यवस्थाको मुद्दालाई पन्छाएर जातिको उन्मुक्ति हुनै सक्तैन। हामी गोजमुमो नेतृत्वहरुलाई घटक दलको गरिमा कायम राखी चल्ने अपील गर्छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement