दार्जीलिङ: गत ४ अक्टोबर राती आएको भीषण बाढी तथा पहिरोको कारणले दार्जीलिङ र आसपासका धेरै परिवारहरू गम्भीर रूपमा प्रभावित भएका छन्। यो कठिन घडीमा दार्जीलिङका जनतासँग ऐक्यबद्धता जनाउँदै असम प्रदेश भाजपा परिवारले तात्त्विक सहयोगका साथै ठूलो मनका साथ राहत सामग्री पठाएकोमा दार्जिलिङ भाजपाको युवा मोर्चाले धन्यवाद दिएका छन्।

दार्जीलिङ भाजयुमो (बीजेवाईएम) को तर्फबाट हामी यो उदार कदमलाई गहिरो कदर गर्दै असमका मुख्यमन्त्री हेमन्त बिश्व शर्मा, असम प्रदेश भाजपा अध्यक्ष दिलिप साईकिया अनि भाजपा असम प्रदेशका सम्पूर्ण परिवारलाई धन्यवाद प्रकट गरेका छन्। यस विषयमा भाजपा युवा मोर्चाले भनेका छन्, ‘तपाईंहरूको यो सहयोग केवल सामग्री मात्र होइन, तर दार्जीलिङका विपदग्रस्त परिवारहरूप्रति भएको आत्मीयता, भातृत्व र निःस्वार्थ सेवा भावको प्रतीक हो। असम प्रदेशले देखाउनु भएको यो मानवीयता र सहानुभूतिले हामीलाई थप हौसला दिएको छ। कठिन समयमा देशका विभिन्न कुनाबाट हामीलाई साथ, समर्थन र सहयोग गर्ने शक्ति नै हाम्रो बल हो भन्ने कुरामा यसले पुनः पुष्टि गरेको छ।’

युवा मोर्चाको तर्फबाट अण भनेका छन्, ‘दार्जीलिङ जिल्ला भाजयुमो परिवारको तर्फबाट हामी यस पवित्र भावनाको लागि पुनः हृदयदेखि आभार व्यक्त गर्दछौं। हामी विश्वस्त छौँ, यसरी नै हामी सबै एकै परिवारको रूपमा दुख-सुखमा एकआपसमा जोडिँदै अघि बढ्नेछौँ।’