रंगबुल धोत्रे रंगमुक समष्टि क्षेत्रको पैह्रोले प्रभावित परिवारहरुलाई पुनर्वासको लागि जमीन सर्वेक्षणको कार्य शुरु

IMG-20251011-WA0128

सोनादा: रंगबुल धोत्रे रंगमुक समष्टि अन्तर्गत धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको अप्पर कलेज भेल्लीको‌ बीच गाउँ र धोत्रे तामाङ टोल गाउँका पैह्रोले प्रभावित परिवारहरुलाई सार्नको लागि जमीनको सर्वे शुरु भएको छ। गत केही दिन अघि मात्र रंगबुल धोत्रे रंगमुक समष्टिको विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुको दार्जिलिङ जिल्ला शासक डा प्रीति गोयल र जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले निरीक्षण भ्रमण गरेका थिए। उक्त निरीक्षणपछि आजदेखि पहिलो चरणको जमीन सर्वेक्षणको कार्य शुरु गरिएको छ। उक्त जमीन सर्वेक्षणको लागि आज जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान, धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको पञ्चायत प्रधान अनिता तामाङ, सुखे पोखरी खण्डको भूमि अनि भूमि सुधार विभागका बीएलआरओ र अन्य अधिकारीहरु, सुखे पोखरी खण्ड पञ्चायत समितिको कर्माध्यक्ष जीवन प्रधान पञ्चायत सदस्यहरु र स्थानीय प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस पहिलो चरणको सर्वेक्षणमा यस समष्टिको धोत्रे ग्राम पञ्चायत अन्तर्गत अप्पर कलेजभेल्लीको बीच गाउँको वार्ड नम्बर ३ बाट चार परिवारहरु, धोत्रेको तामाङ टोल वार्ड नम्बर २ बाट १५ परिवारहरुको लागि धोत्रे चियाबारीको खाली ठाउँमा सार्नलाई जमीनको सर्वे गरिएको छ। यस प्रकारको सर्वेक्षण पैह्रोले प्रभावित रंगबुल धोत्रे रंगमुक समष्टिको अन्य विभिन्न स्थानहरुमा पनि गरिने भएको जानकारी प्राप्त भएको छ।‌ अप्पर कलेज भेल्ली क्षेत्रको पैह्रो प्रभावित परिवारहरुको लागि राखिएको रिलिफ क्याम्पमा डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले आज पनि विभिन्न रिलिफका‌ सर सामानहरु आज पनि पैह्रो पिढितहरुलाई लगिदिएका थिए।

आज सम्पन्न‌ भएको जमीनको सर्वेक्षण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सुखे पोखरी खण्ड पञ्चायत समितिको कर्माध्यक्ष जीवन प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement