सोनादा: टुंग सन्त मेरिज समष्टिको विभिन्न पैह्रोग्रस्त क्षेत्रहरुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरुले निरीक्षण गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त निरीक्षण कार्यमा भागोप्रमो केन्द्रीय समिति मूल सचिव तथा जीटीएको सल्लाहकार अमर लामा, समष्टि अन्तर्गत रहेका तीनैवटा ग्राम पञ्चायतहरुका प्रधान, उप-प्रधान, सदस्य, सदस्यागण, पञ्चायत समिति सदस्य, सदस्यागण लगायत समष्टिका प्रतिनिधिहरुको उपस्थिति रहेको छ। उक्त टोलीले टुंग, दिलाराम, दिलाराम चियाबारी, दिलाराम चियाबारीको भोटे गाउँ आदि क्षेत्रको स्थलगत भ्रमण गरेका छन्। यही क्रममा मार्गरेट्स होप अनि बेलटार गाउँ क्षेत्रहरुको पनि स्थलगत भ्रमण गरिएको जानकारी प्राप्त भएको छ।
त्यसरी नै मार्गरेट्स होप अनि बाँसघारी गाउँ क्षेत्रहरुको पनि स्थलगत भ्रमण गरेका छन्। यस क्रममा बाँसघारी, बघैंचाटार साथै सन्तमेरिज गाउँ क्षेत्रहरुको स्थलगत भ्रमण गरिएको छ। उक्त पैह्रोग्रस्त क्षेत्रहरुको निरीक्षण जीटीएको प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा सम्पन्न गरिएको छ।