सोनादा पुलिसद्वारा ड्रग्स वितरक पक्राउ

IMG-20251011-WA0121

सोनादा: गत केही दिन अघाडी एकजना ड्रग्स सेवन गर्ने युवालाई पुलिसले पक्राउ गरेको थियो। उक्त पक्राउ परेका युवकको आधारमा हिजो राती सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा ड्रग्स वितरकलाई सिलगढीबाट पक्राउ गरिएको छ। पक्रा पर्ने उक्त युवकको नाम साहिल रहेको र उनी मतिगढाको विश्वास कोलोनी निवासी रहेको जानकारी पुलिसले दिएको छ। उक्त ड्रग्स वितरक युवकलाई एनडीपीएस एक्ट अनुसार आज कोर्टमा पठाइएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement