सिलगढीमा टी एडभाइजरी काउन्सिलको दोस्रो बैठक

19-01-43-8e5e8b7b-5ab4-42ae-9dbf-6242d9bbc79d.jpg

सिलगढी: आज मंत्री राज्यका श्रम मन्त्री मलय घटकको विशेष उपस्थितिमा सिलगढीको विवेकानन्द भवनमा टी एड्भाइजरी काउन्सिलको दोस्रो बैठक सम्पन्न भयो। उक्त बैठकमा मन्त्री मलय घटक लगायत मन्त्री बुलुचिक बराइक, राज्य पब्लिक एकाउन्ट्स कमिटीका चेयरम्यान कृष्ण कुमार कल्याणी, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए-का मुख्य कार्यपाल अनित थापा आदि उपस्थित थिए। यस बैठकमा मन्त्री बुलुचिक बराइकले भने, अभिषेक ब्यानर्जीले तीन महीनाको लक्ष्य दिएका थिए तर चिया डिरेक्टरेट साथै राज्य सरकारले १२ दिनको अवधिमा नै चिया श्रमिकहरूको परिचय पत्र जारी गरेको छ। पुजा पछि चिया बगानका श्रमिकहरूको नानीहरूको लागि क्रेच, स्वास्थ्य केन्द्र, अस्पताल, एम्बुलेन्स परिसेवा अनि पेयजलको कार्य शुरू हुनेछ। आगामी दुई महिनाको अवधिमा सबै काम पुरा गरिने छ। अर्कोतिर, बैठकपछि जीटीए का प्रमुख कार्यपाल अनि थापाले पत्रकारहरूलाई भने, मोडल चिया बगानमा स्वास्थ्य केन्द्र बनाइने छ। दार्जिलिङ पहाड़को चिया कमानहरूमा १३ वटा क्रेच बनाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement