सिलगढीमा तृणमूलद्वारा पेट्रोल डिजेलको मूल्य वृद्धिमा पम्पहरूमा विरोध प्रदर्शन

IMG_20220924_190054.png

सिलगढी: सम्पूर्ण राज्य भरिमैं युवा तृणमूलले पेट्रोल डिजेलको मूल्यवृद्धिको विरोधमा आवाज बुलन्द गरेको छ। यसैक्रममा, दार्जिलिङ जिल्ला युवा तृणमूलको १ नम्बर टाउन कमिटीको तर्फबाट आज सिलगढीको एयरभ्यू मोड़स्थित पेट्रोल पम्प अघि विरोध सभाको आयोजना गरियो। युवा तृणमूलका सदस्यहरूले केन्द्र सरकारको विरोधमा आवाज बुलन्द गरे। यसको साथै पेट्रोल पम्पमा आउने सबै वाहन चालकहरूलाई कुपन पनि वितरण गरे। यस अवधि दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष, युवा अध्यक्ष कुन्तल राय लगायत तृणमूलको १ नम्बर टाउन कमिटीका नेताहरू उपस्थित थिए। अर्कोतिर, उक्त मागलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको २ नम्बर टाउन कमिटीको तर्फबाट सिलगढीमा बख्शी पेट्रोल पम्प अघि विरोध प्रदर्शन गरे। युवा तृणमूलको तर्फबाट दार्जिलिङ जिल्लाको मोठ ६६ वटा पेट्रोल पम्पहरूमा आज यो कार्यक्रम आयोजित गरिएको पार्टी सूत्रले जनाएको छ।

About Author

Advertisement