गान्तोक: सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागले सिक्किममा घुम्न आउने पर्यटकहरूलाई लिएर एउटा एड्भाइजरी जारी गरेको छ।
आफ्नो एड्भाइजरीमा, पर्यटन एवं नागरिक उड्डयन विभागले पर्यटकहरूलाई सिक्किममा स्वागत जनाउॅंदै सुरक्षा र ट्राफिक एड्भाइजरीहरू पालन गर्न अनुरोध गरेको छ।
एड्भाइजरीमा सिक्किम घुम्न आउने सबै पर्यटकहरूलाई सिक्किमको राष्ट्रिय राजमार्ग १० अहिले खुला रहेको जानकारी गराएको छ। यसैगरी, सिक्किममा पनि सबै राज्य राजमार्गहरू खुला अनि वाहन चलाउन सकिने अवस्थामा रहेको बताएको छ। पर्यटकहरूलाई विभागद्वारा जारी गरिएको सुरक्षा र ट्राफिक एड्भाइजरीहरू पालन गर्न अनुरोध गरिएको छ।