औषधि पसलबाट प्रतिबन्धित ट्याबलेट अनि कफ सिरप उद्धार

IMG_20220924_185610.jpg

सिलगढी: औषधि पसलको आड़मा प्रतिबन्धित ट्याबलेट अनि कफ सिरपको व्यवसाय गरेको आरोपमा सिलगढी थाना पुलिसले दोकानको मालिक इन्द्रनील रायलाई पक्रेको छ। पाइएको जानकारी अनुसार सिलगढीको ६ नम्बर वार्डको डांगीपाड़ास्थित गाँजा गल्लीको राय एन्टरप्राइज बाई दोकानमा सिलगढी थाना पुलिसले आज अचानक छापामार अभियान चलायो। यस अवधि पुलिसले दोकानबाट ३३, ४८० वटा नशालु ट्याबलेट अनि ३१८ बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको छ। उद्दार गरिएको सामग्रीको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ। अर्कोतिर, सिलगढी थाना पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर दोकानको मालिक इन्द्रनील रायलाई पक्राउ गरेको छ। तिनलाई भोली सिलगढी अदालतमा पेश गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *