विधानसभा अध्यक्ष र उपाध्यक्ष लण्डन राष्ट्रमण्डल संसदीय सम्मेलनमा

IMG-20251010-WA0143

गान्तोक बरबाडोसको ब्रीज टाउनको रोस विश्वविद्यालयमा आयोजित ६८औं राष्ट्रमण्डल संसदीय सम्मेलनमा सिक्किम राज्यका विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापाले अंशग्रहण गरे। उक्त सम्मेलनमा विशेष गरेर जलवायु परिवर्तन र विश्वव्यापी स्वास्थ्यमा यसको खतरा, दिगो समाधान निकाल्ने, सुशासन, बहुपक्षीयता र अन्तर्राष्ट्रीय सम्बन्धमा राष्ट्रमण्डलको भूमिकामाथि चर्चा परिचर्चा भएको थियो। सोही क्रममा देशका उच्च आयुक्त सुबास पी.गुप्तद्वारा आयोजित स्वागत कार्यक्रममा सिक्किमका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement