अल बेंगाल‌ टिचर्स एसोसिएसनद्वारा चन्द्रमानधुराको पैह्रो पिढीत परिवारहरुलाई राहत वितरण

IMG-20251010-WA0131

सोनादा: अल बेंगाल‌ टिचर्स एसोसिएसनको तर्फबाट रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रको पैह्रो पिढीत परिवारहरुलाई राहत वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त टोलीले चन्द्रमानधुराको राहत शिविरमा पुगेर राहत सामग्रीहरु अन्तर्गत खाने कुराहरु राहतको रुपमा प्रदान गरिएको जानकारी प्राप्त भएको छ। अल बेंगाल टिचर्स एसोसिएसनको तर्फबाट चन्द्रमानधुरा अन्तर्गत शान्तिमानधुरा गाउँको पैह्रो पिढीत क्षेत्रको निरीक्षण भ्रमण पनि गरेको सचिन खातीले बताएका छन्।‌ उनले‌ यस गाउँमा पैह्रोले ४२ घरहरु प्रभावित बनाएको बताउँदै यस गाउँको पैह्रो पिढीत परिवारहरुलाई पुनर्वासको लागि जमीन हेर्ने काम गर्नु पर्ने विषयमा जोड दिइएको र यस विषयमा सचिन खातीले अतिरिक्त श्रम अधिकारीसित बातचीत गरेको र यस विषयमा अहिले बगान बन्द भएकोले‌ जिल्ला शासक र भूमि अनि भूमि सुधार विभागबाट जमीन छुट्टाएर पुनर्वास गरिने विषयमा जानकारी गराइएको बताए। उनले उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण साथै राहत सामग्रीहरु वितरणपछि पूर्व सांसद आरबी राईसित भेटघाट गरेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement